arrow

कोशी प्रदेश

सर्वोच्चबाट मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ - कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
congress-koshi-01-31.jpg

काठमाडौँ । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् । 

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसद्मा उपस्थित नहुने बताएका हुन् । 

उनले कांग्रेसले आजको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भए पनि त्यसो हुन नसकेको बताए । 

उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले नेपाली कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए ।

उनले भने, ‘अहिले कोशी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधीन रहेको छ । यसको सुनुवाइ पनि ९ गते हुने सर्वोच्चबाट जनकारी पाएका छौँ । खासगरीकन अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले नेपाली कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको छ । यसलाई स्वीकार नगरेको अवस्था नेपाली कांग्रेस पार्टीबाट हेर्दाखेरि । हामीले आग्रह, अनुरोध ग¥यौँ, सभामुखज्युमार्फत ९ गतेको फैसलापछि नै बैठक आह्वान होस् भनेर । बैठक बोलाइयोस् भनेर । अदालतको निर्णय जे आउँछ, अदालतको निर्णयलाई हामीले स्वीकार गरेर भोलि हिक्मत कार्कीजीको सरकारलाई नै अदालतले मान्यता दियो भने हामी विश्वासको मत पनि दिएर जाने भन्ने छलफल भएको थियो । आज प्रदेश सभाको बैठक बस्यो । केन्द्रीय परामर्श अनुसार यो मुद्दा विचाराधीन रहेको कारणले बैठक बहिष्कार पनि होइन, विरोध पनि होइन, सर्वोच्चको फैसला नआउन्जेलसम्म अस्वीकार गरेर जानुपर्ने हाम्रो निर्णय भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ