arrow

कांग्रेसद्वारा संसद अवरोध [भिडियो]

अर्को बैठक जेठ ३ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
congress-parliament-awarodh.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संसद्मा अवरोध गरेको छ । कांग्रेसको अवरुद्धपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिसकेपछि मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो । 

तर विषयमा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो ।

 कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । अर्को बैठक जेठ ३ गते बिहीबार ११ बजे बस्ने गरी बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ