arrow

मध्यरातमा खुकुरी प्रहार गरी भागेका दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
bijay-lagin.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरमा एक व्यक्तिलाई गालीगलौजसहित खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा कास्की प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत घर भइ हाल पोखरा ३, नदीपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बागलुङ घर भइ हाल पोखरा-२५ हेमजा बस्ने २८ वर्षीय लगिन थाला छन् ।

प्रहरीका अनुसार २२ वैशाख राति साढे १२ बजे नदीपुरपरमा एक व्यक्तिलाई गालीगलौज गरी खुकुरी प्रहार गरी उनीहरु फरार भएका थिए ।

गोप्य सूचनाको आधारमा उनीलाई सोमबार पोखराको बगरबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहारमा दुई दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ