arrow

चन्द माओवादीद्धारा डिसहोमको टावरमा आक्रमण

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Dis-Home.png.png
काठमाडौ । विप्लव माओवादीका कार्यकर्ताहरुले डिस होमको टावरमा आक्रमण गरेका छन् । ललितपुरको भैसेपाटीमा रहेको डिस होमको केन्द्रीय कार्यालयमा रहेको टावरमा उनीहरुले आक्रमण गरेका हुन् । आक्रमणबाट टावरमा ठुलो क्षति पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणकारीहरुले टावरमा बम प्रहार गरेका छन् । 
नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले भारतीय च्यानलहरु प्रसारण नगर्न पटक पटक आग्रह गर्दै आईरहेको थियो । भारतीय च्यानलहरु प्रसारण गराएकाले आक्रमण गरेको चन्द माओबादीले जनाएको छ  ।  पटक पटक चेतावनी दिदा समेत नटेरेकोले आक्रमण गरेको बताएको छ  । डिस होमको भने प्रशारण बन्द भएको छ  ।  



लोकप्रिय समाचार
नयाँ