सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।
सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका-२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए ।
उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।