arrow

प्रतिनिधि सभा बैठक

एघारको बैठक ४ बजेलाई, सहमतिका लागि प्रयास जारी, गृहमन्त्रीलाई बोल्न दिने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । बिहीबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ । 

कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।

सभामुखले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्रीले बिहीबारको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ । 

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । 

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी भएका छन् । 

सरकारले लाखौँ नेपाली जोडिएको सहकारीका पीडितको पीडा सम्बोधन गर्ने गरी गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । तर रविमात्र हैन सबैभन्दा धेरै सहकारीको संचालक रहेका एमालेका नेताहरुसमेत डराइरहेका छन् । 

अनि सत्ता गठबन्धन टिकाइराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविको छानबिन आफैँले गरेसँगै कांग्रेस रुष्ट भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ