arrow

आठ करोडको कोकिन पेटभित्र निलेर तस्करी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
cocaine-81-2-3-(11).jpg

काठमाडौँ । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।

बैशाख ३० गते कतारबाट काठमाडौँ आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो । 

यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ । 

cocaine-81-2-3 (1).jpg
cocaine-81-2-3 (2).jpg
cocaine-81-2-3 (3).jpg
cocaine-81-2-3 (4).jpg
cocaine-81-2-3 (5).jpg
cocaine-81-2-3 (6).jpg
cocaine-81-2-3 (7).jpg
cocaine-81-2-3 (8).jpg
cocaine-81-2-3 (9).jpg
cocaine-81-2-3 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ