arrow

असहज परिस्थितिबीच प्रतिनिधि सभा बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
parliament-81-2-3.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेलसमेत भएको थियो । सांसदहरुबीच धकेला धकेल हुँदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।

नाराबाजीका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ । यसअघि पटक–पटक सहमतिका प्रयास भए पनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ