arrow

सत्ताधारीले पेलेपछि विपक्षी दलहरु सामूहिक छलफलमा, कांग्रेस, राप्रपा, जसपा नेपाल र लोसपा एकैठाउँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
congress-rpp-jasapa-losapa.jpg

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् । बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् ।

त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन् । 

संसद्मा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच तनाव बढेपछि देउवाले विपक्षी दलहरुको एक मत बनाउन यो बैठक बोलाएको बताइएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर सदन अवरोध गरेको छ । तर सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ