रविमाथि छानबिन समिति गठनको माग गर्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
794
Shares
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले संसद भवन अगाडी प्रदर्शन गरेको छ ।
शुक्रबार सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा करिब एक दर्जन नेविसंघका नेता कार्यक्रता पक्राउ परेका छन् ।