प्रचण्डको दाँतले गर्दा कांग्रेससँगको वार्ता रोकियो, रविको छानबिन गर्न समिति नबनेसम्म पछि नहट्ने
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।
संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री प्रचण्डको दाँतको चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको बताइएको छ । स्थगित छलफल शनिबार बिहान हुने जानकारी दिइएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने अडान लिएपछि संसदको बैठक प्रभावित भएको छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी प्रकरणमा दिनानुदिन नयाँ घटना सामुन्ने आइरहँदा पनि सरकारले संसदीय छानबिन नबनाएर विधिको शासन र सुशासनको उल्लंघन गरेको आरोप लगाएको छ ।
विपक्ष दलहरु संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा एकजुट भएका छन् ।