arrow

यो हो उड्ने कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
japan-fly-car.jpg

काठमाडौँ । जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर उड्ने कार प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो । 

राजधानीको कोटो वार्डमा रहेको इन्टरनेट इभेन्ट टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर एउटा पार्किङ स्थलमा गाडी जमिनबाट करिब १० मिटर टाढा घुम्दा करिब ५ सय दर्शकहरू थिए । 

उड्ने सवारी साधनहरू मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षा गरिएको छ । ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा आपूर्तिहरू पु¥याउन प्रभावकारी हुने बताइएको छ ।

 यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्सा ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ