arrow

कान्छाराम कन्ट्रक्सनको कार्यालयमा स्थानीयले गरे तालाबन्दी

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ जेठ ६ आइतबार
kancharam-construction.jpg

मोरङ । गान्धीमनमोहन मार्ग कालोपत्रे निर्माणको ठेक्का लिएको कान्छाराम कन्सट्रक्सन  कम्पनीको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

ठेकेदारले सडक निर्माणमा हेलचक्र्याइँ गर्दा सडकमा खाल्डाखुल्डी बढेर दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयको स्वास्थमा गम्भीर समस्या आउन थालेको भन्दै स्थानीयले कन्सट्रक्सन कम्पनीको कार्यालय घेराउ गरी तालाबन्दी गरेका हुन् ।

२०७६ कात्तिकमा १ अर्ब ५५ करोड ७३ लाखमा सडक कालोपत्रेको जिम्मेवारी लिएको कान्छाराम कन्सट्रक्सनले अहिलेसम्म पनि काम पूरा नगर्दा स्थानीयले विभिन्न किसिमका समस्याहरु भोग्दै आएका छन् ।

सडकमा अस्वभाविक रूपमा उड्ने धुलोले स्थानीयमा श्वासप्रश्वास र आँखा सम्बन्धी रोग फैलिएको छ भने सडकमा भएका खाल्डाखुल्डीका कारण दैनिक जसो दुर्घटना हुने गरेको छ ।

स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदासमेत ठेकेदारले बेवास्ता गरेपछि स्थानीय संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

एसियन हाइवे अन्तर्गत मोरङको पथरी बजारबाट दक्षिण सुनवर्षी नगरपालिका हुँदै भारत जोड्ने ३० किलोमिटर सडक कालोपत्रेको ठेक्का लिएको कान्छाराम कन्सट्रक्सन ले भने सरकारले रकम निकाशा नगर्दा काम सुस्त भएको बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ