arrow

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो विराटनगरमा सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
laxmi-sunrise-bank-logo.jpg

विराटनगर। लक्ष्मी सन्‌राइज बैङ्कले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमी उत्तरतर्फ सोही महानगरपालिकाको वडा न.३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साबिकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैङ्कले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सन्‌राइज बैङ्कको स्थान - भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसै गरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिम चोकमा रहेका २ वटा शाखा पनि गाभिई साबिकको लक्ष्मी बैङ्कको स्थान - हाकिम चोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ।

हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ