arrow

जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
juwade-pakrau.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकबाट ६ जना जुवाडे पक्राउ परेका छन् । शनिबार राति करिब ८ बजे जुवाखालबाटै उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेका अवस्थामा वडा प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने सबै रच्नचोकका हुन् । जसमा घरधनी अर्जुनकुमार श्रेष्ठ, वर्ष ६३ का शिवबहादुर विक, वर्ष ५२ का वसन्त केसी, वर्ष ३६ का वसन्त लामा, वर्ष ४५ का कृष्ण रावत, र वर्ष ५६ का गोकर्ण श्रेष्ठ छन् ।

उनीहरुको साथबाट १५ हजार दुई सय २५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा जिल्ला प्रशामन कार्यालयबाट आठ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ