arrow

इरानी राष्ट्रपति रइसीको हेलिकोप्टर दुर्घटनामा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
ibrahim-iran.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उक्त दुर्घटनामा रइसीसहित विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानका साथै नौ जनाको मृत्यु भएको हो । 

इरानको समाचार एजेन्सी मेहरले यसको घोषणा गरेको हो । इरानी सरकारका तर्फबाट भने अझै यसको पुष्टि भएको छैन । यसअघि दुर्घटनाग्रस्त हेलिकोप्टर अजरबैजानको पहाडमा भेटिएको थियो । 

हेलिकोप्टर आइतबार बेलुकी ७ बजे अजरबैजान आसपासबाट बेपत्ता भएको थियो । रातभर गरिएको खोजतलासपछि हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । 

भारी वर्षा र चिसोबीच खोजतलासमा समस्या भएको थियो । सो क्रममा तीन उद्दारकर्मी पनि बेपत्ता भएका छन् । 

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ