arrow

लागूऔषधसहित तीनजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
pakrau-ramghat.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा-११ रामघाटका ३६ वर्षीय धनबहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा-९ बस्ने वर्ष २७ का सन्दिप मिजार र पोखरा-१४ बस्ने वर्ष १८ का नितेश लामा छन् ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार पोखरा-११ रामघाटबाट शनिबार उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजेपाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल, गरी जम्मा दुई ६१ एम्पुल लागूऔषध र मोबाइल दुई थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकोहरुलाई जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ