arrow

पप गायक टाटालुलाई कारगार सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
iran-map.gif

काठमाडौँ । इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर हुसेन मगसौदलुलाई ‘अश्लील सामग्री’ प्रसारित गरेको आरोपमा कारागार सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ ।

छत्तिस वर्षीय सङ्गीतकार मगसौदली गत वर्ष डिसेम्बरमा टर्कीए प्रहरीले इरानलाई सुम्पनुअघि सन् २०१८ देखि भूमिगतरूपमा इस्तानबुलमा बस्दै आएका थिए । त्यसबेलादेखि उनी इरानी हिरासतमा छन् ।

उनका वकिल एल्हम रहिमीफरले विस्तृत जानकारी नदिई टाटालुलाई ‘छोटो र लामो’ कारागार सजाय दिइएको बताए । उनले सरकारी अखबार जाम–ए–जामलाई सजायविरुद्ध पुनरावेदन गर्न सकिने बताए । 

पछि इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले टाटालुलाई ‘ईश्वर निन्दा’ का लागि तीन वर्षको कारागार सजाय दिइएको बताएको छ । मिजानले विस्तृत उल्लेख नगरी उनले अन्य आरोपको पनि सामना गर्नुपरेको बताएको छ । 

इरानको कानूनअन्तर्गत कारागार सजाय एकैसाथ चल्छ । टाटालुविरुद्ध मार्चमा ‘वेश्यावृत्ति’ लाई बढावा दिएको र इरान तथा अन्य ‘अश्लील सामग्री’ विरुद्ध ‘प्रचार’ फैलाएको आरोपमा मार्चमा मुद्दा सुरु भएको थियो । 

र्याप, पप र आर एन्ड बिको संयोजनका लागि परिचित अत्यन्त धेरै ट्याटु लगाएका गायक टाटालुलाई यसअघि रूढिवादी राजनीतिज्ञहरूले युवा, उदार विचारधारा भएका इरानीहरूसम्म पुग्ने तरिकाका रूपमा प्रस्तुत गरेका थिए । यहाँसम्म कि उनले सन् २०१७ मा अति–रूढिवादी तथा हालका इरानका राष्ट्रपति इब्राहिम रायसीसँग एउटा अप्ठ्यारो टेलिभिज बैठक पनि गरेका थिए । 

तेहरान र विश्व शक्तिहरूबीच ऐतिहासिक आणविक सम्झौता नसुल्झिरहेका बेला सन् २०१५ मा टाटालुले इरानको आणविक कार्यक्रमको समर्थनमा एक गीत प्रकाशित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ