arrow

कांग्रेसको अवरोधबीच संसदमा प्रधामन्त्री विश्वासको मत लिन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाबाट चौथो पटक विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेसको अवरोधबीच उनले विश्वासको मत लिँदैछन् । जबरजस्ती सभामुखले प्रचण्डलाई रोष्ट्रममा बोलाएपछि स्थिति असहज देखिएको छ । 

यसअघि सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठन र कारबाहीको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो । 

१५ मिनेटका लागि संसद स्थगित गरिएपछि पुनः सहमति बिना नै संसद बसेर प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यति बेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । 

त्यति बेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । 

त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।  

निरन्तर विश्वासको मत घट्दै गएको अवस्थामा अहिले पनि मत भने कम आउने आँकलन गरिएको छ । 

पहिलो पटक विश्वासको मत लिँदा प्रतिपक्ष दलले समेत मत दिएकामा त्यसपछि मत घट्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ