arrow

राष्ट्रपति रइसीको मृत्युपछि अब के हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
ibrahim-iran.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका थिए । 

इरानको संविधानमा राष्ट्रपतिको मृत्यु भएमा कमाण्ड कसले लिने भन्ने व्यवस्था छ । इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति राष्ट्रपति बन्ने व्यवस्था छ ।

इब्राहिम रइसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् । मोहम्मद मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछन् । संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ ।

इब्राहिम रइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ । पछिल्लो निर्वाचनमा इब्राहिम रइसीले खासै चुनौतीको सामना गर्नु परेन ।

३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ