arrow

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
Manaslu-Region_file_photo.jpg
तस्बिर-फाइल

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु दुई करोड ५० लाख  ५८ हजार राजस्व सङ्कलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरूबाट रु एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । 

सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।

सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा रु दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उनले बताए । 

मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति रु एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार प्रवेश शुल्क लिने गरिएको उनको भनाइ छ ।

यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ ।

यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ