बिना धितो, छिटो छिटो, क्युआर मर्चेन्टस्हरूलाई कुमारी फोन लोन सुविधा
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
2.6k
Shares
काठमाडौँ। सबैका लागि सधैँका लागि अनवरत डिजिटल बैङ्किङ प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको कुमारी बैङ्क लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिना झन्झट कुमारी मोबाइल बैङ्किङ एप मार्फत नै रु दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ।
यस बाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैङ्कले लिएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।