- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । नेपाली कांग्रेसले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसाग भुषाललाई ज्ञापनपत्र बुझाएको छ ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा मंगलबार निस्केको जुलुशले नगर परिक्रमा गर्दै प्रजिअ भुषाललाई ज्ञापन पत्र बुझाएको हो।
क्षेत्रीले बुझाएको विज्ञप्तिमा लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपर सार्वभौम जनताले सुक्ष्म रुपमा नियालिरहेका हुन्छन् । यसर्थ उसले गरेका हरेक गतिविधिको प्रशंसा तथा विरोध हुनु स्वभाविक प्रकृया हो । यसले सार्वजनिक पद धारण गरेका व्यक्ति समाजप्रति जवाफदेही हुनै पर्ने हुन्छ भनिएको छ ।
यसै सन्दर्भमा वीरगञ्जज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध सरकारी कागज कीर्ते मुद्दा तथा कीर्ते नागरिकता मुद्दामा निष्पक्ष छानबिन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्साद्वारा गत जेठ ४ गते शुक्रबार साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने कममा वीरगञ्ज माईस्थान चोकमा नगर प्रमुखद्वारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरेको घटनालाईसमेत गम्भीर रुपमा लिएको कांग्रेसले जनाउको छ ।
आक्रामण गर्दा नेविसंघ पर्साका अध्यक्ष रमेशकुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादवलाई घाइते बनाएको घटनाप्रति कांग्रेस पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार राख्ने र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था रहेकाले अरुको संवैधानिक मौलिक हक हनन गर्ने नियतले अराजक समूह परिचालन गरी अवरोध गर्ने तथा आक्रमण गर्ने कार्यको कांग्रेस पर्साले घोर भत्सर्ना गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुलाई कानून बमोजिम आवश्यक कारबाही गर्न मागसमेत गरेको छ ।