arrow

लक्ष्मी सन्‌राईज बैङ्कको अगुवाइमा सुपर बागमती हाइड्रोबीच ४१.३१४ मेगावाटको लगानी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
laxmi-sunrise-bank-super-bagmati-hydropower-mou.jpg

काठमाडौँ। लक्ष्मी सन्‌राईज बैङ्क लिमिटेडको अगुवाइमा सह वित्तीय करणमा सहभागी बैङ्कहरू र सुपर बागमती हाइड्रोपावर लिमिटेडबिच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कूल लागत रु ९.२८ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैङ्कले जनाएको छ।

सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्स्ट्रकशन रहेका छन्।

सो परियोजना निर्माणको लागि लक्ष्मी सन्‌राईज बैङ्कको नेतृत्वमा सह वित्तीय करणमा सहभागी बैङ्कहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक/ संस्थापकहरूको लगानी रहने छ। सो परियोजनामा लक्ष्मी सन्‌राईज बैङ्कको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सह वित्तीय करणमा सहभागी अन्य बैङ्कहरू मध्ये सह–अगुवा एभरेस्ट बैङ्कको २.५ अर्ब तथा सिटिजन्म बैङ्क इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ।

सो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र ऊर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रूपमा रहने विश्वास बैङ्कले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ