arrow

गृहमन्त्रीमाथि छानबिन गरिनुपर्ने राप्रपाको धारणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
rpp-meeting-2079-12-01.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेस भएका छन् ।

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदन पेस भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
  
बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा धवलशमसेर राणाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका हुन् । ती प्रतिवेदनलाई सामान्य परिमार्जनसहित यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जनाइएको छ ।

त्यस्तै, बैठकले राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने जनाउँदै पार्टीले गृहमन्त्रीमाथि लागेका आरोपबारे पनि छानबिन गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ