arrow

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
keshav-sunar-kaski-police.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ धारापानीका ३७ वर्षीय विपीन भन्ने केशव सुनार छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाबाट पक्राउ गरेको हो ।

२०७९ माघ १० मा कास्की जिल्ला अदालतले उनलाई जबर्जस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद तथा १५ हजार जरिवाना सजाय सुनाएको थियो ।

तर सजाय भुक्तान गर्न बाँकी रही उनी करिब एक वर्ष एक महिनासम्म फरार थिए । प्रहरीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ