arrow

सभामुख सत्ताको इसारामा चले - प्रदीप पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
pradeep-poudel-03-11.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।‍ शुक्रबारको प्रतिनिधि सभा बैठकमा सहकारी ठगलाई कारबाही गर्न सरकार तयार नभएपछि कांग्रेसले संसद्मा अवरोध गरेको छ । जस कारण प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो । 

बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरूले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएर सभामुखले कुनै कार्यसूची अगाडी नबढाई बैठक स्थगित भएको जानकारी गराएका थिए । 

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए। सांसद प्रदीप पौडेलले सभामुखले कांग्रेस सांसदहरूलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लङ्घन गरिएको बताए। उनले सत्ताको इसारामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए।

उनले भने – ‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लङ्घन गरेको छ । सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा शुरु हुनु अगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ । त्यसबाट संसद एकलौटी ढङ्गबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रूपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ । त्यो ढङ्गबाट अगाडी जाने उहाँहरुको कोशिस देखिन्छ । संसद्ले हल निकाल्ने होइन सरकारबाट संसद्मा समस्या सिर्जना गर्ने, संसद्लाई बन्दी बनाउने, संसद्बाट प्रक्रियागत ढङ्गले होइन संसद्लाई नियन्त्रण गरेर जर्बजस्ती अगाडी बढ्ने गरी कार्यदिशा तय गरिएको आजको सभामुखको भूमिकाबाट प्रस्ट हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ