arrow

डाँडामा लुकेको होमस्टे, चुलीबोझा मगर होमस्टे फोटोफिचर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
chulibojha-homestay-(18).jpg

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा पर्ने ग्रामीण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खला अन्तर्गत समुद्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता रहेको छ । सुन्दर र शान्त गाउँमा घर बास (होमस्टे) को सञ्चालन २०७३ सालदेखि शुरु गरिएको हो ।
 
गाउँकै नाम र मगर समुदायलाई जोडेर चुलीबोझा मगर सामुदायिक होमस्टे नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दूरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ ।

बुलिङटार गाउँपालिका वडा नं ४ मा अवस्थित छ चुली बोझा सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । होमस्टेमा तीन वटा हल कोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।

जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाहरुबाट पनि आन्तरिक पर्यटकहरु बास बस्न र रमाईलो गर्न आउने गरेको गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन् ।जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराइबाट गर्मी छल्न आउने र होमस्टेमा बास बस्न आउने गरेका छन् । 

चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल, पिडालु, भट्ट, गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरु होमस्टेमा आउने गर्छन् । 

मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।

चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ । 

यस्तै यहाँका भिरमा रोपिएका अमृसो खेती र रमणीय वातावरणले जोकोहीको मन रमाउँछ । पाहुनाहरुको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्ने गर्छ ।

chulibojha-homestay (1).jpg
chulibojha-homestay (2).jpg
chulibojha-homestay (3).jpg
chulibojha-homestay (4).jpg
chulibojha-homestay (5).jpg
chulibojha-homestay (6).jpg
chulibojha-homestay (7).jpg
chulibojha-homestay (8).jpg
chulibojha-homestay (9).jpg
chulibojha-homestay (10).jpg
chulibojha-homestay (11).jpg
chulibojha-homestay (12).jpg
chulibojha-homestay (13).jpg
chulibojha-homestay (14).jpg
chulibojha-homestay (15).jpg
chulibojha-homestay (16).jpg
chulibojha-homestay (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ