arrow

सहमति जुटेसँगै खुल्यो कान्छाराम कन्ट्रक्सनमा लागेको ताला

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ जेठ १२ शनिबार
kancharam-construction-81-2.jpg

मोरङ । एकसाता अघि पथरीशनिश्चरे नगरका स्थानीयले कान्छाराम कन्ट्रक्सनको कार्यालयमा गरेको तालाबन्दी खोलिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको रोहवरमा शनिबार पथरीशनिश्चरे नगरपालिकामा भएको छलफलमा स्थानीय र ठेकेदार कम्पनीबीच ५ बुँदे सहमति जुटेसँगै तालाबन्दी खोलिएको हो ।

शनिबार भएको सहमति अनुसार ठेकेदार कम्पनीले पथरीशनिश्चरे क्षेत्रको सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्ने , सडकमा नियमितरुपमा पानी हाल्ने , ड्रेन निर्माण हुन बाँकी स्थानमा तत्काल ड्रेन बनाउने, सडक क्षेत्रमा रहेका विद्युतका पोलहरु तत्काल स्थानान्तरण गर्ने र सडक निर्माणका क्रममा स्थानीयबाट कुनै समस्या उत्पन्न भए स्थानीयबासीसँग समन्वय गरी समाधान खोज्ने सहमति जुटेको छलफलमा सहभागी स्थानीय सन्तोष आचार्यले जानकारी बताए ।

छलफलमा सहभागीले स्थानीयले प्रमुख जिल्ला अधिकारी समक्ष धुलोले स्वास्थमा पारेको असर र दुर्घटनाका जोखिमहरुको बारेमा जानकारी गराएका थिए भने पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले लामो समयदेखि सडक निर्माण पूरा नहुँदा स्थानीयले भोगेका सास्तीहरुको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ