arrow

सहकारीसँगै सबैखाले भ्रष्टाचारको छानबिन गर्न तरुण दलको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
tarundal-81-2-12q.jpg

काठमाडौँ । नेपाल तरुण दलले सबै खाले भ्रष्टाचारको छानबिन, सहकारी ठगीको छानबिन र  प्रेश स्वतन्त्रताको पक्षमा गँगबुमा मसाल जुलुस आयोजना गरेको छ।

दलका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाको संयोजनमा मशाल जुलुस निस्केको थियो।

मशाल जुलुसपछिको कोणसभामा बोल्दै थापाले न सत्ता पक्ष न प्रतिपक्ष भ्रष्टाचारीलाई निष्पक्ष कारबाही गर्न माग गरे । उनले भने, ‘हिजो समाजमा गलत काम गर्ने फटाहहरु मुख थुनेर लुकेर हिँड्ने गर्थे तर आज चर्को स्वरमा टाइ सुट लगाएर भगवानको रुपमा समाजमा ठगीको धन्दा गर्ने गिरोह नै हावी भएको छ’, उनले भने ।

मशाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदीप थापा, सुमन गिरि पुष्कर बास्तोला, पशुपति पोखरेल, उमेश श्रेष्ठ,सेतेमान तामाङ, पार्टीका महासमिति सदस्यहरु सुशील भट्ट, सानुकाजी प्रजापती, नेविसंघका केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति रहेको नेविसंघ केन्द्रीय सदस्य विजय डुङ्गानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ