arrow

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो काठमाडौँको कपनमा सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
laxmi-sunrise-bank-logo.jpg
तस्बिर : फाइल

काठमाडौँ। लक्ष्मी सन्‌राइज बैङ्कले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बुढानीलकण्ठ नगरपालिका - १०, कपनमा रहेका २ शाखा मध्ये रुद्र मति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको रुद्र मति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने कम्पनीले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैङ्कले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सन्राइज बैङ्कको शाखा रहेको स्थान -औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ।

हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ