arrow

बटलरको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
jos-buttler-england-cricket-captain.jpg

काठमाडौँ । इङ्ग्ल्यान्डका कप्तान जोस बटलर शनिबार आफ्नो देशबाट टी-२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । 

उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० खेलमा बनाएका हुन् । त्यस खेलमा उनले १६४.७ स्ट्राइक रेटका साथ ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८४ रन बनाए

एक सय १५ टी-२० मा उनले ३५.४२ को औसत र १४५.१० को स्ट्राइक रेटका साथ खल्दै तीन हजार ११ रन बनाए उनले १०१ को उत्कृष्ट स्कोरका साथ एक शतक र २४ अर्धशतक बनाएका छन् । उनी टी-२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नवौँ खेलाडी हुन् ।

इङ्ग्लिस रन स्कोरिङ तालिकामा उनीपछि पूर्वकप्तान इयोन मोर्गन छन् । उनले ११५ खेल र १०७ इनिङ्समा २८.५८ को औसत र १३६ भन्दा बढीको स्ट्राइक रेटका साथ ९१ रनको उच्च स्कोरसहित १४ अर्धशतकको मद्दतमा दुई हजार ४५८ रन बनाएका छन् । 

टी-२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतका स्टार ब्याट्सम्यान विराट कोहली छन् । उनले ११७ खेलमा ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा एक शतक र ३७ अर्धशतक सहित चार हजार ३७ रन बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर १२२ रहेको छ । 

खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । कप्तान बटलर (५१ बलमा ८ चौका र तीन छक्कासहित ८४), विल ज्याक्स (२३ बलमा चार चौका र दुई छक्कासहित ३७) र जोनी बेयरस्टोले (१८ बलमा २१ रन, एक चौका र दुई छक्कासहित) नाएका थिए । उक्त खेलमा इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ