- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको छ । समितिले सोमबारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको हो । समितिले चार वटा दफामा छलफल गरेको छ ।
दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र सङ्गठित संस्था हुने सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरूले सम्बन्धित दफाहरूमा आ–आफ्नो धारणा राखेका छन् भने समितिका संशोधनकर्ता सांसदहरूले पनि आ–आफ्नो धारणा राखेका छन् । समिति सभापति अम्मरबहादुर थापाले चार वटा दफामा छलफल भएको भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए । उनले छलफललाई जारी राख्ने र संशोधनकर्ताले उठाएका कुराहरूलाई मध्यनजर गर्दै निष्कर्षमा पुगिने पनि जानकारी दिए ।
उनले भने – ‘बङ्गलादेशमा एमबिबिएस पढ्ने विद्यार्थीहरूको सम्बन्धमा मन्त्रीसँग के भएको छ भनेर जानकारी लिइयो । अस्ति हामीले समितिबाट निर्णय गरेर पठाएका थियौँ । त्यसको विषयमा अहिले बङ्गलादेशले ९ जना विद्यार्थीहरूलाई हटाएको थियो त्यसमा थप गरेर पढ्न पाउने भएका छन् भन्ने समाचार सुनियो । अर्को कुरो साढे तीन सय विद्यार्थीहरू, दोस्रो सेमेस्टरमा फेल भएका विद्यार्थीहरूले मौका परीक्षा पाएनन् । कानूनी रूपमा नपाउने अवस्था रहेछ । त्यसैले त्यसलाई पनि कसरी परिमार्जित गरेर अगाडी बढ्न सकिन्छ भनेर मन्त्रीहरूलाई निर्देशन गरिएको छ । दोस्रो सेमेस्टरमा मौका परीक्षा नपाएका विद्यार्थीहरूको पैसा एकमुष्ट लगिएको छ त्यो फिर्ताको लागि मन्त्रालयले छिटोभन्दा छिटो पहल गरोस् र त्यसको जवाफ चाहियो भन्ने निर्देशन मन्त्रीलाई गएको छ । मन्त्रीले त्यसमा गर्छु भनेर जानुभएको छ । प्रस्तावनादेखि दफा ४ सम्म छलफल भएको । निष्कर्ष निस्किएको छैन । निर्णय भएको छैन । छलफलको टिपोर्ट भइरहेको छ । संशोधनकर्तासँग बोलाएर छलफल गरिसकेको । दफावार छलफलमा संशोधनकर्ता माननीयले के–के राख्नुभएको छ । राष्ट्रिय सभाबाट आएकोले राष्ट्रिय सभाले के पारित गरेको छ ? र हाम्रो मूल विधेयक के छ ? यी तीन वटा विषयको तीनवटै बुँदामा छलफल हुन्छ हाम्रो ।’