arrow

अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
sahakari-karyadal-03-11.jpg

काठमाडौँ। सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिन आज कार्यदलको बैठक बस्दैछ । 

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सदन र सडक दुवै स्थानमा आवाज बुलन्द हुँदै गएपछि सरकार अन्ततः झुकेको छ । 

सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ ।बैठक आज बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ । बैठकले कार्यादेशलाई अन्तिम रुप दिने बताइएको छ । 

कार्यादेशलाई अन्तिम रुप दिइ हस्ताक्षर भएपछि मात्रै संसद खुल्ने भएकाले सहमति गरेर अघि बढ्ने बताइएको छ । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ