arrow

कांग्रेस संसदीय दलको बैठक

सहकारी प्रकरणमा छानबिन समिति बनाउने सहमतिलाई कांग्रेसले गर्‍यो अनुमोदन [भिडियो]

 ४ बजेको प्रतिनिधि सभामा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
congress-parliament-03-15.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मङ्गलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए । 

उनले सोमवारको बैठकले कार्यादेश, सदस्यहरू सबै सहमति गरिसकेकाले आजको प्रतिनिधि सभाको बैठकमा कार्यदलले अन्तिम रूप दिएपछि संसद्मा आएर समितिका रूपमा बन्ने बताए । उनले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने जानकारी दिए। कांग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताए ।

उनले भने, ‘आजको बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग हामीले गर्दै आएका थियौँ । त्यसका बारेमा विभिन्न विचारहरू थिए । त्यसमा छलफल चलेकै थियो । हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरूको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । कार्यादेशमा पनि सहमति भयो । कति सदस्य समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ । निस्क्र्षमा पुग्ने स्थिति बनेको छ । निस्कर्षउन्मुख सहमतिलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ । कार्यदलले अन्तिम रूप दिएपछि संसद्मा आएर समितिका रूपमा बन्छ । ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ । हामी हाम्रो तर्फबाट समितिमा बस्ने मान्य सदस्यहरूको नाम तीन बजे भित्रसम्म दिइसक्छौँ संसद्को सचिवालयलाई ।’

उनले समग्र सहकारीको बारेमा कानूनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्याङ्कन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ