arrow

क्रिकेट प्रशिक्षकका लागि नरेन्द्र मोदीदेखि धोनीसम्मको आवेदन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
modi-tendulkar-dhoni.jpg

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आह्वानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ ।

मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पूर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ ।  

३००० भन्दा बढी आवेदन अनलाइन मार्फत दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि गुगल फारम मार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् जसमा धेरै नक्कली आवेदन पनि परेका छन् । 

केही व्यक्तिहरूले मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीजस्ता चर्चित व्यक्तित्वहरूको नाम दिएर नक्कली आवेदन दिएका छन्। यस्तो केस प्रकाशमा आएपछि, बीसीसीआईको काम बढेको छ किनकि उनीहरूले अब ती आवेदनहरू पहिचान गर्नुपर्नेछ जुन वास्तविक छन् । 

यस रिपोर्टका अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘गत वर्ष पनि बीसीसीआईले यस्तै कुराको सामना गर्नुपरेको थियो र यसपटक पनि त्यस्तै घटना भएको छ । 

मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन् । गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर) का मेन्टर थिए । तर उनी पनि यस विषयमा मौन बसेका छन् । 

बोर्ड स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, समय सीमा ठीक छ तर बोर्डले निर्णय लिन अघि केही समय लिन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ