arrow

सहसचिव र सीडीओको सरुवा, कसको कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
ministry-home-affairs.jpg

काठमाडौँ ।   गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी सीडीओको बुधबार सरुवा भएको छ । 

मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव र १४ सीडीओको जिम्मेवारी हेरफेर गरेको हो । 

मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणीका सीडीओहरुको पदस्थापन तथा सरुवा गरिएको हो ।

विपद् प्राधिकरणमा रहेका सहसचिव भरतमणि पाण्डेलाई कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सरुवा गरिएको छ । कास्कीका सीडीओ वासुदेव घिमिरेलाई गृहमा ल्याइएको छ । 

गृहका रामचन्द्र तिवारीलाई सुनसरीको सीडीओ, तीर्थराज सिलवाललाई मकवानपुरको सीडीओ, विष्णुप्रसाद कोइरालालाई पाँचथर, राजेन्द्रदेव पाण्डेलाई धादिङ, सूर्यप्रसाद सेढाइँलाई मकवानपुरबाट काभ्रेपलाञ्चोक, रुद्रादेवी शर्मालाई काभ्रेबाट बर्दियाको सीडीओमा सरुवा गरिएको छ । 

यस्तै सुनसरीका सीडीओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभाग, इलामका सीडीओ इन्द्रदेव यादवलाई चितवन, चितवनका सीडीओ भूपेन्द्र थापालाई सिन्धुपाल्चोक र पाँचथरका सीडीयो मेखबहादुर मग्रातीलाई सप्तरीमा पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ