arrow

अमेरिकासँग नेपालको अभ्यास खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
nepalt20-2024g.jpg

काठमाडौँ । आईसीसी टी-२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । 

दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल राति सवा ९ बजेबाट शुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । 

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । 

टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ