arrow

विष्णुकुमारीको हत्या आरोपमा पाँच जना पक्राउ

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ जेठ १७ बिहिबार
bishnu-kumari-killed-allege.jpg

झापा । बिर्तामोड नगरपालिका वडा नं ४ निवासी विष्णुकुमारी विष्टको हत्यामा संलग्नहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । गत बैशाख २६ गते हत्या गरिएकी ६७ वर्षीया विष्टको घटना भएको  २१ दिन पश्चात्  हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै  हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।्

 हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बिर्तामोड ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी , ३३ वर्षीय भगिरथ माझी र अर्जुनधाराका ४३ वर्षीय धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये  गंगाप्रसाद राजवंशी हत्याको मुख्य योजनाकार रहेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए । 

प्रहरी प्रमुख केसीका अनुसार सम्पत्तिको लोभमा चोरी गर्ने नियतले विष्टको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अनुसन्धानका क्रममा महेशले मतियारको रुपमा काम गरेको र वर्षाले चोरी गरेको सामान लुकाउन सहयोग गरेको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै भगिरथले चोरी गरेका सामान विक्रीका लागि सहयोग पुर्याएको तथा धनबहादुरले चोरी गरेका सुनका गरगहना खरिद गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जनाएको छ । 

 फलामे रड लगायतका हतियार प्रयोग गरि   विष्टको हत्यागरी निजले लगाएका सुनका गरगहना र  दराजमा राखिएका गरगहना एवं  नगदसमेत चोरीगरी लैजाने नियतले हत्या गरिएको  प्रहरीले जनाएको छ ।

घटनाको प्रमाण अनुरुप सुनको जन्तर, रेन्च मार्तोल सिक्री लगायतका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ।

गत बैशाख २६ को उक्त घटनामा संलग्नको खोजीका लागि प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कोशी प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको १४ जनाको संयुक्त प्रहरी टोलीले २० दिनको अनुसन्धान पश्चात आरोपितहरुलाई पक्राउगर्न सफल भएको जनाएको छ ।

हत्यारा पत्ता लगाउन प्रहरीको तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ