arrow

बजेटका दुई थरी नीतिले अलमलमा जलवायु विज्ञ

जलविद्युतका आयोजनामा प्राथमिकता र पेट्रोलियम पाइपलाइन बनाउने-अन्वेषण गर्नेकुराले समस्या निम्तिन्छ: जलवायु विज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
jalbaeu-bigya.jpg

काठमाडौँ । जलवायु विज्ञहरूले इनर्जी ट्रान्जिशनको मुद्दामा छलफल शुरु गरेका छन् । काठमाडौँमा ५० जना भन्दा बढी जलवायु विज्ञहरूले सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणबारे ल्याएको योजना र प्राथमिकतामाथि छलफल शुरु गरेका हुन् । 

उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा सरकारले ल्याएको जलवायु सम्बन्धी प्रावधानहरू केही बिरोधाभाषपूर्ण रहेको बताएका छन् । उनीहरूले सरकारले पेट्रोलियम पाइपलाइन बनाउने, पेट्रोलियम अन्वेषण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता एकातिर दिने र अर्कोतिर जलविद्युतका आयोजनालाई पनि प्राथमिकतामा राख्नुले समस्या आउने बताए । 

जलवायु परिवर्तनका असर कम गर्न सरकारले लिएको दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि समस्या हुने प्रकृति रिसोर्स सेन्टर संस्थाका निर्देशक प्रविनमान सिंहले बताए । उनले जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरण अथवा इनर्जी ट्रान्जिशनको मुद्दा अहिले विश्वव्यापी रुपमा बहसको मुद्दा बनेको उल्लेख गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणको उपाय खनिज इन्धनको प्रयोगलाई कम गर्दै नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनु रहेको बताए । 

उनले ५० जना भन्दा बढी विज्ञहरूको छलफलमा ऊर्जा रूपान्तरणबाट प्रभावित हुने समुदाय, व्यक्ति, परिवार अथवा व्यवसायहरूको हक हितको अधिकारको विषयमा पनि छलफल गरेको बताए । उनले रूपान्तरणको मुद्दामा न्यायका कुराहरूलाई कसरी जोडेर लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘यो जलवायु परिवर्तनको जुन सन्दर्भ छ । जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरण अथवा इनर्जी ट्रान्जिशनको मुद्दा अहिले विश्वव्यापी रुपमा बहसको मुद्दा बनेको छ । जलवायु परिवर्तनको एउटा समाधानको उपाय भनेको हामीले खनिज इन्धनको प्रयोगलाई कम गर्दै नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउँदै जानुपर्छ भन्ने एउटा विश्वव्यापी समाधानको उपायको रुपमा पहिचान भएको छ । पछिल्लो कोप सम्मेलनबाट पनि यसलाई स्थापित गरिसकेको छ । यही सन्दर्भमा ऊर्जा रूपान्तरणको बहसमा त्यसका प्राविधिक पक्षहरू त छँदै छन् । तर त्यो सँगसँगै त्योसँग जोडिएको सामाजिक र न्यायका पक्षहरूमा उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले ऊर्जा रूपान्तरणको कुरा गर्दाखेरि त्यो रूपान्तरणबाट प्रभावित हुने समुदाय, व्यक्ति, परिवार अथवा व्यवसायहरूको हक हितको अधिकारको विषयमा हामीले आज छलफल गरेका छौँ । कसरी रूपान्तरणको मुद्दामा न्यायका कुराहरूलाई जोडेर लैजान सकिन्छ भन्ने कुराहरूको प्रमुख विषयवस्तु हो । नेपाल सरकारले यो वर्षको नीति तथा कार्यक्रममा र बजेट पनि ल्याइसकेको अवस्थामा यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा रूपान्तरणसँग सम्बन्धित कस्ता खालका कार्यक्रम र प्राथमिकताहरू रहेका छन् भन्ने वस्तुमा आजको छलफल केन्द्रित थियो । नेपाल सरकारले जलवायु सम्मेलनमा प्रस्तुत गरेका रूपान्तरणका लक्ष्यहरू प्राप्त गर्नका लागि नीति तथा कार्यक्रम र बजेटले कस्तो भूमिका खेल्छ भन्नेबारेमा छलफल भएको छ । जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणका लागि सरकारले लिएका केही प्रावधानहरू बिरोधाभाषपूर्ण पनि छन् । जस्तो नेपाल सरकारले पेट्रोलियम पाइपलाइन बनाउने, पेट्रोलियम अन्वेषण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ, तरसँगै जलविद्युतका आयोजनालाई पनि प्राथमिकतामा राखेको छ । दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि यस्तो नीतिले समस्या दिन्छ ।’

विज्ञहरूले ऊर्जा क्षेत्रमा नेपाल अहिले सही दिशामा अघि बढिरहेको बताए । प्राथमिकताको दिशामा हिँडेको तर प्राप्त गर्नुपर्ने उपलब्धि प्राप्त गर्न अझै नसकेको उनीहरूको निष्कर्ष छ । ऊर्जा क्षेत्रका सम्बन्धमा सन् २०३० सम्म नेपालले थुप्रै लक्ष्यहरू लिएको तर उक्त लक्ष्य प्राप्त गर्न अझै ठुलो फड्को मार्न जरुरी रहेको विज्ञहरूको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ