arrow

साइकल चोरीको बिगबिगी, फर्निचर व्यवसायीसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
cycle-chor-pokhara.jpg

पोखरा । पोखरामा साइकल चोरको बिगबिगी छ । कास्की प्रहरीले साइकल चोरेर विक्री गरेको अभियोगमा पोखराका फर्निचर व्यवसायीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ५ जिरोकिमिमा फर्निचर व्यवसाय गर्दै आएका सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, जिरो बस्दै आएका १४ र १७ वर्षका बालक, स्याङ्जा फेदीखोला-६ घर भई हाल जिरो किमि बस्दै आएका २४ वर्षीया मदन सुनार छन् ।

साइकल चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए । प्रहरीले साइकल हराएका धनीले प्रमाणसहित बैदाम प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ