arrow

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ