arrow

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
laxmi-sunrise-bank-logo.jpg
तस्बिर : फाइल

काठमाडौँ। लक्ष्मी सन्‌राइज बैङ्कले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको शाखाका साबिकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।

साथै, बैङ्कले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाको वडा न. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न. ७, नारायण स्थान (साबिक सन्‌राइज बैङ्कको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।

हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ