arrow

यी अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
balbirs-kidney.jpg

झापा । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आइतबारदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । 

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

बीएन्डसी टिचिङ अस्पतालले आइतबारदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ ेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए ।

“झापामा मिर्गौलाका रोगीले डाइलासिस सेवा पाउन पालो कुर्नुपर्ने अवस्था नआओस् भनेर बीएन्डसी अस्पतालले सेवा सुरु गरेको हो”, उनले भने, “यो सेवा पाउनका लागि पालिकाबाट सिफारिस पत्र ल्याउनुपर्छ । अरु केही झञ्झट बेहोर्नु पर्दैन । बिरामीले आइतबारीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म यो निःशुल्क सेवा लिन पाउने व्यवस्था छ ।”

बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताए । दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ । 

सर्जन डा मुक्ति देवकोटाले बीएन्डसी अस्पतालमा डाइलासिस गराउने बिरामीको सजिलोका लागि फिस्टुला बनाउने शल्यक्रिया समेतको सेवा उपलब्ध भएको जानकारी दिए । झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथिभरा अस्पतालले डाइलासिस सेवा दिइरहेको छ । अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुरबाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटीमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर विरामीहरुलाई डाइलासिस सेवा दिइने गरेको छ ।

अस्पतालहरुमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरुले हेमोडाइलासिसका लागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ