arrow
ADVERTISEMENT

खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर साेमबार एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

भद्रपुर नगरपालिका-५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यसैगरी बिर्तामोड नगरपालिका-२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् ।

खान र राईसहित चार जना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेका मध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी प्राप्त गरे लगत्तै खटिएको प्रहरी टोलीले बेपत्ता मध्ये फिरोज खानको शव घटनास्थलबाट एक सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको थियो ।

राई हालसम्म फेला नपरेकाले कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोलीले खोजी गरिरहेको छ ।

मृत खानको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ