arrow

मोटरसाइकल चोर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
tamang-bike-chori.jpg

पोखरा । पोखरामा मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ सीतलटोलका २१ वर्षीय सुवास तामाङ रहेका छन् ।

सोही ठाउँमा पार्किङमा रोकी राखेको ग१५प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङ मोटरसाइकल डोर्याउँदै हिंडिरहेको अवस्थामा भेटिएका हुन् ।

तामाङबिरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ