arrow

माग पूरा नभएपछि काठमाडौँ विश्वविद्यालयमा नेविसंघले थाल्यो रिले अनसन

logo
सरोज अधिकारी, 
प्रकाशित २०८१ जेठ २२ मंगलबार
nsu-ku-2081.jpg

काभ्रे । नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिले काठमाडौँ विश्वविद्यालयमा भएका अनियमित एवम् अमर्यादित कार्यविरुद्ध लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन शुरु गरेको छ ।

लामो समयसम्मको छलफल र सहमतिका बाबजुत समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका संवेदनशील अङ्गहरु चलेको हुनाले रिले अनसन शुरु गरिएको हो । 

काठमाडौँ विश्वविद्यालयमा भएका चरम लापरबाहीविरुद्ध नेपाल विद्यार्थी संघ विश्वविद्यालय तथा विद्यार्थीहरुको हितका लागि विभिन्न समस्या तथा मुद्धाहरु लिएर प्रशासन समक्ष उपस्थित हुँदा बेमतलबी तथा आफुखुशी मात्र प्रशासन सञ्चालनमा लिएर आउन खोजेको कदमप्रति विरोध जनाउँदै र्याली निकालेर अनसन शुरु गरिएको नेविसंघका अध्यक्ष गणेश थापाले जानकारी दिए । 

नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरुको अगुवाइमा रिले अनसन शुरु गरिएको छ।

अनसनको नेतृत्व भने सचिव ढुङ्गेल र स्कूल अफ इन्जिनियरिङका अध्यक्ष भट्टराईले गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ