arrow

तीन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सुशासन प्रवद्र्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रबाट भएका कामकारवाहीहरुको बारेमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ