arrow

छानबिनमा रविको नाम नलेखिए पनि सिम्बोल नम्बर लेखिएको छ – विश्वप्रकाश शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
bishwaprakash-81-2-24y.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन समितिले सत्यतथ्यमा आधारित रहेर निष्पक्ष छानबिन गर्नेमा आशावादी भएको बताएका छन् । 

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले उक्त छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम नतोकिएको भए पनि पाँच छ वटा सबाट आउने सहकारीहरुमा उनको सिम्बोल नम्बर भने रहेको उल्लेख गरेका छन् । 

छानबिनमा रवि लामिछानेको नाम नभएको भन्दै सहकारी पीडितहरुलेसमेत चिन्ता व्यक्त गरिरहेका बेलामा सांसद शर्माले भने आफूहरु यसमा स्पष्ट रहेको बताउँदै नाम नभए पनि सिम्बोल नम्बर रहेको बताएका हुन् । 

नाम नलेखिए पनि गोर्खा मिडिया भनेर ठेगाना लेखिएको उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ