arrow

कांग्रेसको कोटामा राजदूत भएका सबैलाई फिर्ता बोलाउने प्रचण्ड सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली कांग्रेस र जसपा नेपालको कोटामा राजदूत भएका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

यस्ता छन् जेठ २४ गते बिहाीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः
१, प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउने ।
२, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
४, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने ।
५, मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।
६, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने ।
७, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।
८, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।
९, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१०,  भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ